हाडजोर्नी समस्याबाट पीडित विरामीहरुका परिवारहरुको नेपाल अपाङ्ग संघको सम्पर्कमा भएको वृद्धिले हाडजोर्नी सम्बन्धि उपचारको आवश्यकता संघमा बढी महसुस हुन थालेपछि मैले २०४४ सालमा तत्कालीन सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदमा सम्पर्क राखेँ ।
तत्कालिन परिषदका अध्यक्ष स्वर्गवासी बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सरकारबाट नियमित वार्षिक ६,००,०००/– समेत प्राप्त गराउने गरि सैद्धान्तिक स्वीकृति प्राप्त भयो । त्यसको आधारमा हालको नेपाल अर्थोपेडिक अस्पताल स्थापनाको कार्य शुरुवात भएको उल्लेख गर्न चाहन्छ । २०४६ सालबाट नियमित आर्थिक सहयोग प्राप्त हुन छोड्यो । पछि पनि अस्पताल स्थापना बारे गरिने प्रयास चलिरह्यो र निर्माण तथा सन्चालनको लागि प्रयत्न अनवरत रहिरह्यो ।
श्री जेम्स पि. सिन्कलियर, पाटन रोटरी क्लवको सदस्यको रुपमा नेपाल अपांग संघको सदस्य स्वर्गीय नन्दराम भक्त माथेमाको तरफबाट उहाँसंग भेट भयो र अस्पताल सम्बन्धि जानकारी लिन उहाँकी धर्म पत्नी श्रीमती एन. सिन्कलियरको आगमन भयो । उहाँको सकारात्मक धारणाबाट जेम्स पि. सिन्कलियर प्रभावित हुनुभयो । अस्पताल स्थापनाको निमित्त रोटरी क्लवबाट आर्थिक सहयोग लिन प्रयास शुरु गरियो ।
तत्कालिन शाही नेपाली राजदुत डा. मोहनमा सैंजुको सहयोग पूर्ण सद्भावना समेत उहाँलाई उपलब्ध हुन पुग्यो । पाटन रोटरी क्लवद्वारा जेम्स सिन्कलियरले नेपाल अपाङ्ग संघलाई सहयोग प्राप्त गराउनु भयो । अस्पतालको वीस शैयाको भवनको स्थापना भयो । यसको निर्माणको रेखदेखमा स्वर्गीय नारायण गोपाल हलुवाईजीबाट विशेष सहयोग प्राप्त भयो । प्राविधिक आवश्यक उपकरण सहित अस्पताल बन्यो । तर सञ्चालनको निमित्त शुरुमा पर्ने आवश्यक आर्थिक खर्चको लागि रकम उपलब्ध हुन सकेन ।
गजेन्द्र बहादुर श्रेष्ठ र डा. प्रमोद बहादुर श्रेष्ठको सामाजिक सेवाको झुकाउले गर्दा लुक सालेन्सलाई अस्पताल सञ्चालनमा आएको स्थितिको जानकारी गराइयो उहाँको श्रीमती इन्ग्रिङ सालेन्सको सहयोगबाट लुक सालेन्सबाट अस्पतल सञ्चालकको लागि आर्थिक सहयोग उपलब्ध भयो । उक्त सहयोगको आधारमा २०५५ साल भाद्र १ गते देखि नेपाल अर्थोपेडिक अस्पतालले आवश्यक सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालका प्रविधिक तथा प्रशासनिक व्यक्तिहरुबाट गरिने सेवाको सञ्चालनमा हुनुपर्ने तल्लीनतामा गुणस्तरमा सहज अभिवृद्धिको रहिरहुनु पर्छ, सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको सेवामुलक भावनामा उच्चस्तर रहिरहनु पर्छ । विरामीहरुले मैत्रिपूर्ण वातावरणको अनुभुति गरुन भन्ने धारणा अस्पतालमा रहिरहनुपर्छ । आर्थिक अनुशासनमा उच्चस्तरीय गुरुत्व सदा रहिरहनु पर्छ । विरामीलाई रोगबारे साधारण जानकारी गरायो , वातावरण परिवेश सौहद्रपूर्ण परिराख्न अति जरुरी छ ।
शेयरहोल्डरद्वारा स्थापना नभई नेपाल अपाङ्ग संघको प्रयासबाट स्थापना भएको यस अस्पतालको नेपाली समाजमा उच्च स्थान रहेको पाइएको छ । सामाजिक स्थितिबाट पीडित आर्थिक कठिनाइमा परेका नेपालीहरुलाई सेवा पुर्याउने यसले लिएको उद्देश्य सदा दृष्टिकोणमा राखिराख्नु अति आवश्यक देखिन्छ । यस अस्पतालको शिलान्यास उद्धघाटन र सञ्चालन सम्बन्धि इतिहास अमिट रहिरहनु पर्छ भन्ने धारणा व्यक्त गर्दै अस्पतालका सञ्चालन प्रभावोत्पादक रहिरहोस भन्ने यस रजत जयन्ती समारोह मनाइएको अवसरमा शुभकामना व्यक्त गर्दछु ।
प्रा. शङ्करराज पाठक
संस्थापक अध्यक्ष
प्रा. शङ्करराज पाठक